उर्लाबारी, मोरङ खुद्रा व्यापार संघको अध्यक्षमा राजकुमार श्रेष्ठ चयन भएका छन् । संघको अध्यक्षमा श्रेष्ठसंगै उपाध्यक्षमा कुमार सुब्बा, सचिवमा गोपाल पोख्रेल,सह–सचिवमा सुरज चौधरी तथा कोषाध्यक्ष पदमा भावना श्रेष्ठ निर्विरोध चयन भएका हुन् ।
संघको शुक्रबार सम्पन्न २०औं वार्षिक तथा १०औं चुनावी साधारणसभा साधारण सभाले श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । समितिका सदस्यहरुमा सुवास खड्का, सुरेश गोस्वामी, सुभद्रा निरौला, सन्तोष पौद्दार, शान्ता ढकाल, अनुरोध गोस्वामी, युवराज तामाङ र वासुदेब संग्रौला रहेका छन् ।
उर्लाबारी उद्योग वाणिज्य संधको सभाहलमा शुक्रबार उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले एक कार्यक्रमकाबीच खुद्रा व्यापार संघको साधारणसभा उद्घाटन गर्नुभएको थियो ।


