चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका मुख्य आरोपीका रुपमा प’क्राउ परेका मेडिकल व्यवसायी तथा तात्कालीन राजावादी समूहका जनकमान्डर दुर्गा प्रसाईंले का’रागारबाटै भावुक सन्देश जारी गरेका छन् । उनको सचिवालयले सामाजिक सञ्जालमार्फत उनको सन्देश बाहिर ल्याएको हो ।
उनीले परिवार सम्वन्धमा भनेका छन् – “सबै नेपालीले आफ्ना सन्तानका साथमा जीवन जिउन पाउन्, प्रत्येक हजुरबुबा – हजुरआमाका काखमा नातिनातिना होउन् भनेर अभियान शुरु गरेको मलाई मेरो नातिले धेरै याद गर्छ रे । हजुरबा कहिले आउने भनेर सोध्छ रे । परिवारले बाहिर जानुभएको छ, आउनुहुन्छ भन्दा मोबाइलमा फोटो हेर्छ रे । एक मनले सोच्छ, कारागारमै बोलाएर एकछिन् भए पनि नाति खेलाउँ । अनि सोच्छु, के सम्हालिएला र मन ? नातिका अगाडि भक्कानिएँ भने के भन्ला उसले ? विद्यार्थी बनाएर पठाएकी छोरी यही महिना डाक्टर बनेर फर्किँदै छ । एयरपोर्टमै पुगेर पिताप्रेम दर्शाउँला भन्ने रहर, रहरमै सीमित हुनेभयो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय