उर्लाबारी–८ आम्बारीमा लिम्बु समुदायका महान विद्वान ते–ओङ्सी सिर्जंगा सिङ थेबेको सालिक ।
सेम्बु परिवारद्वारा निर्माण गरिएको उक्त सालिकले लिम्बु भाषा, लिपि र संस्कृतिको पुनर्जागरणमा सिर्जंगाको योगदानप्रति सम्मान प्रकट गरेको छ।

स्थानीयवासीका अनुसार, यो सालिक केवल श्रद्धाञ्जली मात्रै नभई आम्बारी क्षेत्रको मौलिकता, सांस्कृतिक चेतना र ऐतिहासिक गौरवको प्रतीकसमेत बनेको छ।




