दमक, कुल सदस्य संख्याको ५० प्रशितले पनि दमक उद्योग वाणिज्य संघको सदस्यता नविरण नगरेको तथ्यांक फेला परेको छ । दमक उद्योग वाणिज्य संघका कार्यालय सचिव नीरज विष्टका अनुसार सुरुमा संघमा ८ हजार बढि सदस्य रहेको र पछिल्लो समय विभिन्न व्यवसायीको व्यवसाय बन्द समेत भएर सदस्य संख्या घटेको पनि उहाँले जानकारी दिनुभएको छ । यस अनुसार संघमा अहिले ६ हजार हाराहारीमा सदस्य रहेका छन् । तर यी ६ हजार मध्येपनि आदा संख्याले पनि नविकरण भने नगरेको तथ्यांक उहाँले उपलब्ध गराउनु भएको छ ।

संघमा चालु आर्थिक वर्ष २०८१/८२ मा सदस्यता नविकरण गर्ने व्यवसायीको संख्या २ हजार ३०८ जना रहेको छ । जुन कुल सदस्य संख्याको ३८ प्रतिशतले मात्रै नविकरण गरेका हुन । यो वर्ष चुनावी वर्ष भएकोले पनि तीन वर्षको एकै पटक नविकरण गर्दा यो संख्या बढेको हो । वर्षेनी नविकरण गर्नु पर्ने भएपनि संघमा व्यवसायीको आकर्षण घटेका कारण तीन वर्षमा एकै पटक त्यो पनि निर्वाचनका बेलामा मात्रै हुने गरेको छ । निर्वाचनमा कुन कुन उम्मेदवार उठ्छन् उनीहरुकै सहयोगमा व्यवसायीले नविकरण गर्ने गरेकाले पनि चुनावी वर्षमा बढि मात्रामा नविकरण हुने गरेको कार्यालय सचिव बिष्टको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय