उर्लाबारी । उर्लाबारी परिवर्तनशील युवा क्लब (UIYC) को अध्यक्षमा गरिमा ढुंगाना सर्वसम्मत निर्वाचित हुनु भएको छ । निर्वाचन समिति मार्फत सम्पन्न निर्वाचन प्रक्रियाबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। पदका लागि कुनै पनि उम्मेदवारी नपरेपछि सबै पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचित कार्यसमिति यसप्रकार छ:
१. अध्यक्ष – गरिमा ढुंगाना
२. उपाध्यक्ष – गौरव दाहाल
३. सचिव – विकल्प दाहाल
४. सह–सचिव – विपना दुलाल
५. कोषाध्यक्ष – चम्पा खनाल
६. सदस्य – एञ्जिला कार्की
७. सदस्य – ब्रिजेश भट्टराई
८. सदस्य – मनिराज भुजेल
९. सदस्य – सुलोचना सिवा

कार्यक्रममा प्रमुख अतिथिका रूपमा कोशी प्रदेश सांसद उमाकान्त गौतम रहनु भएको थियो । विशेष अतिथिका रूपमा उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेल, उर्लाबारी–१ का वडाध्यक्ष तिलक पाण्डे, उर्लाबारी–८ का वडाध्यक्ष कुलबहादुर कार्की, प्यावसनका कोशी प्रदेश सहसचिव भुवन श्रेष्ठ, क्लबका सल्लाहकार केशव घिमिरे, र निवर्तमान अध्यक्ष उज्वल घिमिरे समेतको आतिथ्यता रहेको थियो।

नयाँ कार्यसमितिले युवा सशक्तिकरण, संगठन सुदृढीकरण, नीति निर्माण तथा कार्यक्रम सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय