उर्लाबारी । नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंको रिहाइको खुसीयालीमा मोरङको उर्लाबारीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।


नागरिक बचाउ अभियान उर्लाबारीको आयोजनामा मंगलबार साँझ उर्लाबारी चोकमा आयोजित कार्यक्रममा दर्जनौं नागरिकले सहभागिता जनाएका थिए। रिहाइको स्वागतस्वरूप दीप बाल्दै सहभागीहरूले प्रसाईंको समर्थनमा नाराबाजी समेत गरेका थिए।


कार्यक्रममा नागरिक बचाउ अभियान उर्लाबारीका अगुवाहरूले प्रसाईंको रिहाइलाई सत्यको जित भन्दै स्वागत गरेका थिए। उनीहरूले नागरिक स्वतन्त्रता, भ्रष्टाचारविरुद्धको आवाज र राष्ट्रहितका मुद्दामा प्रसाईंको भूमिका उल्लेखनीय रहेको बताएका थिए।


दीप प्रज्वलन कार्यक्रममा स्थानीय युवा तथा प्रसाईका समर्थकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय