मोरङ, उर्लाबारी —मोरङको उर्लाबारी–९ निवासी बुवा रोशन लिम्बु र आमा शान्तिमाया लिम्बुका एकमात्र छोरा, उर्लाबारी–८ स्थित नेबुला इंग्लिश स्कूल कक्षा ६ मा अध्ययनरत सोहाङ लिम्बुको असमय निधन भएको छ। उनी गत २०८२ साल असार १३ गते दिवंगत भएका थिए।

विद्यालयको एक वर्षको शुल्क पहिल्यै भुक्तानी गरिसकेको भए पनि नेबुला इंग्लिश स्कूलले संवेदनशीलता देखाउँदै उक्त रकम शोकसन्तप्त परिवारलाई फिर्ता गरेको थियो। सोही फिर्ता रकमबाट परिवारले सामाजिक उत्तरदायित्व वहन गर्दै उर्लाबारी–६ स्थित नमुना बाल आश्रममा मिति २०८२ साउन २२ गते, बिहीबार बेलुकाको मिष्ठान्न भोजन गराएका छन्।

परिवारको भनाइ अनुसार, “नानीका लागि खर्चिएको रकम उनकै हो, हामीले यो रकम व्यक्तिगत प्रयोजनमा प्रयोग नगर्ने निर्णय गरेका हौं। कम्तीमा एक छाक भए पनि यसले आश्रमका नानीहरूलाई सम्झनामा संलग्न गराउने विश्वासका साथ यो काम गरेका हौं।”

हाल नमुना बाल आश्रममा करिब ६० देखि ६५ जना बालबालिका आश्रित रहेका छन्। परिवारको यो कार्यले सामाजिक सेवा र दिवंगत आत्माको सम्झनालाई गहिरो बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय