– मेयर राम थापाको सक्रियतामा सडक सुरक्षातर्फ सकारात्मक पहल

दमक, झापा
मदनडाँगीदेखि ताराबारी डीपुसम्मको नमूना सडकखण्डमा बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै रबर स्पिड बम्पर जडानको कार्य सुरु गरिएको छ।

विगत केही महिनायता बारम्बार साना–ठूला दुर्घटना हुँदै आएको यो सडकखण्डमा स्थानीयको सुझावका आधारमा दमक नगरपालिकाका मेयर राम थापाको पहलमा यो कदम चालिएको हो।

सडकका चौबाटो, विद्यालय नजिक, चोक र भीडभाडयुक्त स्थानमा प्राथमिकताका साथ स्पिड बम्पर जडान हुँदैछ। यसले सवारीको गति नियन्त्रण गरी पैदल यात्रु, विद्यार्थी, वृद्धवृद्धा लगायत सबैका लागि सडक सुरक्षामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सवारी चलाउँदा ट्राफिक नियमको पालना गर्न, दायाँ–बायाँ हेरी सुरक्षित यात्रा गर्न मेयर थापाले सबैमा विनम्र आग्रह गरेका छन्।
स्थानीयवासीहरूले यो कार्यप्रति खुसी व्यक्त गर्दै मेयर थापालाई धन्यवाद दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय