उर्लाबारी / ३१औं विश्व आदिवासी दिवस शनिबार उर्लाबारीमा विविध कार्यक्रम सहित भव्यताका साथ सम्पन्न भएको छ।

नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् उर्लाबारीको आयोजनामा रक्तदान, र्याली, झाँकी प्रदर्शन र औपचारिक कार्यक्रम गरिएका थिए।

उर्लाबारी–४ स्थित जय वशिष्ठ रिसोर्टमा आयोजित औपचारिक कार्यक्रममा नगर प्रमुख गंगाप्रसाद खरेल प्रमुख अतिथि थिए भने महासंघ नगर अध्यक्ष प्रेम याक्खाको अध्यक्षता रहेको थियो।

कार्यक्रममा पूर्व नगर प्रमुख खड्ग फागो, वडाध्यक्ष, राजनीतिक दलका नगर अध्यक्ष, धिमाल जातीय विकास केन्द्रका महासचिव मात्रिका धिमाल, किराँत याक्थुङ चुम्लुङ नगर अध्यक्ष बानु सुब्बालगायतले शुभकामना मन्तव्य राखेका थिए।

सो कार्यक्रममा महासंघमा आवद्ध १३ जातीय संस्थाले झाँकी र सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए। साथै पूर्व नगर अध्यक्षहरु रामकुमार राई, जय पाख्रिन, पात्रे धिमाल र मणिलाल श्रेष्ठलाई सम्मान गरिएको थियो।

औपचारिक कार्यक्रमअघि १३ वटै जातीय संस्थाले उर्लाबारी–७ चिउरामिलबाट र्याली निकालेर बरगाछी, उर्लाबारी चौक, स्कुलडाँडा हुँदै रिसोर्टमा प्रवेश गरेका थिए।

यस्तै आज बिहानै नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३४ पिन्ट रगत संकलन भएको थियो।

अध्यक्ष प्रेम याक्खाले दिवस सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय