सुनसरीमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको ज्यान गयो
२०८२ श्रावण २७, सोमबार ११:११
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र माइक्रोबस ठोक्किँदा तीन जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन ।
काँकडभिट्टाबाट दिक्तेलतर्फ गुडिरहेकोे मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट गुडिरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस बिहान एक आपसमा ठोक्किएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
घाइतेहरुको धरानका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।