उर्लाबारी २६ साउन
मोरङको उर्लाबारी–७, मिनीमार्केटमा ‘द ब्युटी वर्ल्ड’ युनिसेक्स सलोन एण्ड एकेडेमी सोमबार भव्य रूपमा उद्घाटन गरिएको छ ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिका उपमेयर मीनाकुमारी खतिवडा पौडेलले रिबन काटी उद्घाटन गरिएकाे हाे ।
‘द ब्युटी वर्ल्ड’की प्रोपाइटर रेखा भट्टराईका अनुसार उद्घाटन अवसरमा सेवामा ४० प्रतिशत तथा प्रशिक्षणमा ५० प्रतिशत छुटको विशेष योजना सार्वजनिक गरिएको छ, जसको अवधि साउन २६ गतेदेखि भदौ ६ गतेसम्म रहने जानकारी गराइन् ।
हालसम्म नेपालभर ४० वटा शाखा विस्तार गरिसकेको ‘द ब्युटी वर्ल्ड’ले उर्लाबारी शाखा सञ्चालनसँगै स्थानीयलाई आधुनिक सौन्दर्य सेवा र पेशागत तालिम प्रदान गर्ने लक्ष्य राखेको छ । उद्घाटन कार्यक्रममा स्थानीय, ग्राहक तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेकोे थियो ।
विशिष्ट अतिथि उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङ, संघका पूर्व अध्यक्ष भरत भट्टराई तथा ‘द ब्युटी वर्ल्ड’का संस्थापक वनर भगवान बस्नेतको समेत उपस्थिति र `द ब्युटी वर्ल्ड’की प्रोपाइटर रेखा भट्टराईकाे अध्यक्षतामा उद्घाटन सम्पन्न भएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय