उर्लाबारी / उर्लाबारी – ३ मंगलबारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा सोमबारदेखि मनोरोग (साइक्रियाट्रिक) सेवा समेत उपलब्ध हुने भएको छ। अस्पताल प्रशासनले आईतबार एक सूचना जारी गर्दै भोलीदेखि दैनिक रुपमा यो सेवा सञ्चालन हुने जानकारी दिएको छ।
मनोरोग सम्बन्धी सेवा डा. प्रतिक खनालले ओपिडी ८ नम्बर कक्षबाट दिनेछन् ।
अस्पतालकाअनुसार मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट पीडित बिरामीहरूको उपचारका लागि यो सेवा सुरु गरिएको हो। डा. खनालले दैनिक रुपमा ओपिडी समयमै सेवा दिनेछन्।
यता अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रवि कुमार शाहले ग्रामीण क्षेत्रमा मानसिक स्वास्थ्यका समस्या बढ्दो रहेकाले समयमै निदान र उपचारका लागि यो सेवा महत्वपूर्ण हुने बताएका छन्।
स्थानीयलले यस सेवाबाट धेरै लाभ लिन सक्ने विश्वास गरिएको छ।





