विश्व बैंकको अनुदान सहयोगमा निर्माण भएका सडक समयमै सम्पन्न गरेको भन्दै मुलुकका उत्कृष्ट तीन स्थानीय तहमा उर्लाबारी नगरपालिकापनि समेटिएको छ ।
झापाको दमक र स्याङजाको पुतलीबजार नगरपालिकासंगै उत्कृष्टताको सुचाकंमा परेपछि विश्व बैंकले उर्लाबारीको पूर्वाधार विकासमा थप लगानी गर्ने भएको हो ।
जसअनुसार उर्लाबारी ४ र ८ मा भानुमार्ग सडक निर्माणमा २० करोड ८० लाख अनुदान प्राप्त हुने भएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलले चाडै ठेक्का आह्वान गरी आयोजनाको काम अघि बढाइने पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।





