२९ साउन, उर्लाबारी — उर्लाबारी नगरपालिका–३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर परिसरमा समाजसेवी सन्तोष सिंगथम्बाद्वारा निर्माण गरिएको सार्वजनिक धाराको बिहीबार औपचारिक उद्घाटन गरिएको छ। उर्लाबारी नगरप्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मिना खतिवडा पौडेलले संयुक्त रूपमा रिबन काटी उद्घाटन गरेका थिए। उद्घाटनअघि धार्मिक विधिअनुसार पूजाअर्चना सम्पन्न गरिएको थियो। मंगलबारे निवासी युवा समाजसेवी सिंगथम्बाले आफ्ना स्वर्गीय मातापिता र फुपुको सम्झनामा करिब १ लाख रुपैयाँको लागतमा धारा निर्माण गरेका हुन्। अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीहरूलाई निःशुल्क शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले उक्त पहल गरिएको उनले बताए। उद्घाटन समारोहमा नगरप्रमुख खरेल, उपप्रमुख पौडेल, वडा नम्बर ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकी, वडा नम्बर २ का वडाध्यक्ष राजन कुमार कडेल, मेडिकल सुपरिटेन्डेन्ट डा. रविकुमार शाह, प्रहरी निरीक्षक रुपेश तामाङ, निर्माणकर्ता सन्तोष लिम्बू, समाजसेवी अर्जुन तुम्रोक, सोमप्रसाद तिम्सिना (राम) लगायत सामाजिक व्यक्तित्व र युवाहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा सहभागीहरूले सिंगथम्बाको यो योगदानलाई सराहना गर्दै धन्यवाद ज्ञापन गरेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय