उर्लाबारी / आईतबार उर्लाबारीमा श्रीकृष्ण र राधालाई सुन्दर रथमा विराजमान गराई नगर परिक्रमा गरिएको छ।

विभिन्न भजन–कीर्तन, नृत्य तथा विविध सांस्कृतिक झाँकीसहितको सो रथयात्रामा सयौं श्रद्धालु भक्तजन, धर्मगुरु, स्काउट, नेवा समाज, उर्लाबारी जनपथ प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, सामाजिक अभियन्ता तथा स्वयम्सेवक हरूको सकृय सहभागिता रहेको थियो।

सो अवसरमा विभिन्न सामाजिक संस्था , स्वास्थ्य संस्था लगायतले सहभागीहरुलाई नि: शुल्क पानी वितरण गरेका थिए। उक्त अवसरमा उर्लाबारी इनोभेटिभ युथ क्लब, उर्लाबारी जेसीज, लायन्स क्लब अफ उर्लाबारी, माडवारी युवा मञ्च, रोक्ट्याक क्लब अफ उर्लाबारी ,अरनिको अस्पताल प्रा.लि.रोटरी क्लब अफ उर्लाबारी र आई जोन ईन्टरनेटले रथ गुड्ने मार्गअनुसार विभिन्न स्थानमा पानी वितरण गरेका थिए





