दमक — जन्मदिनलाई रमाइलो र फजुल खर्चमा सीमित राख्ने प्रवृत्ति सामान्य छ। तर, पहिलो पाइला नेपाल दमक शाखाका अध्यक्ष राजु निरौलाले आफ्नो जन्मदिनलाई समाजसेवाको अवसर बनाउँदै आएका छन्।

यस वर्षको जन्मदिनमा उनले किड्नी रोगसँग संघर्षरत दमक–३ की कजिनसरा कार्कीलाई नगद रु. ५,००० बैंकमा जम्मा गरेर सहयोग गरेका छन्। कार्कीलाई किड्नी प्रत्यारोपण गर्न ठूलो खर्च आवश्यक भएकाले निरौलाको यो सहयोगले उपचारमा सानो भए पनि महत्वपूर्ण टेवा पुगेको छ।

सहयोग हस्तान्तरण गर्दै अध्यक्ष निरौलाले भने,जन्मदिनमा हुने फजुल खर्चलाई नियन्त्रण गर्दै समाजका आवश्यकता भएका व्यक्तिलाई सहयोग गर्नु नै सबैभन्दा अर्थपूर्ण काम हो। यस्तो कदमले आत्मसन्तुष्टि मात्र होइन, अरूलाई पनि प्रेरणा दिने विश्वास राखेको छु।

निरौलाले विगतका जन्मदिनहरूमा पनि विभिन्न सामाजिक कार्यमा योगदान गर्दै आएका छन्। उनका अनुसार, प्रत्येक वर्ष जन्मदिनलाई “सेवाको अवसर” को रूपमा उपयोग गर्ने व्यक्तिगत संकल्प हो।

यस पटकको जन्मदिनमा गरिएको सहयोगले स्थानीय समाजमा सकारात्मक सन्देश दिएको छ। स्थानीयहरूका भनाइमा, निरौलाको यस्तो पहलले अरूलाई पनि आफ्नो खुसीका क्षणहरू समाजको हितमा लगाउन उत्प्रेरित गर्नेछ।

कजिनसरा कार्कीलाई शीघ्र स्वास्थ्य लाभको शुभकामना व्यक्त गर्दै निरौलाले समाजमा सहयोगी संस्कृतिको विस्तार गर्न सबैलाई आह्वान पनि गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय