झापाको दमकमा सवारी दुर्घटना भएको छ । एसियन हाईवे अन्तर्गत दमकको पशुहाट –बसपार्क उत्तरको डाँडामा मंगलबार बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा एक जना महिला गम्भिर घाईते भएको र उपचारकालागी अस्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको जनाइएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार पूर्वबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकलमा सवार झापा कमल गाउँपालिका ठेगाना खुलेका सुकदेव गौतम र निजकी श्रीमती मुना गौतम सवार प्र ०१ ०१२ प ९३१२ मोटरसाईकल विपरित दिशाबाट आइरहेको प्र १० ०२ ख ०९१२ नम्बरको ट्रका ठोक्कीदा श्रीमती गौतमको अवस्था चिन्ताजनक बनेको थियो ।
गम्भिर घाईते गौतमलाई उपचारकालागी दमक स्थित दमक अस्पताल पुर्याउदा मृत्यू भइसकेको दमक अस्पतालले पुष्टि गरेको छ । मृतक गौतमको शवलाई अव पोष्टमार्टम गरि कानुनी प्रकृया पुरा गरिने जनाइएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




