उर्लाबारी /उर्लाबारी वडा नम्बर ७ चिउरामिल – आमबारी सडकमा स्थानियको सहभागीताबाट श्रमदानगरि सडकमा मर्मत गरिएको छ ।

सडकमा परेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको बताउदै जनसहभागीता बाट संकलित करिव ३५ हजार लागतमा कंक्रिट ढलान गरि सडकका खाल्डाखुल्डी पुरिएको स्थानिय युवा नितम चौहानले जानकारी दिनुभएको छ ।

सो कार्यको लागि स्थानियले करिव १० घण्टा श्रमदान समेत गरेको चौहानले जानकारी दिनुभयो ।

खाल्डाखुल्डी पुर्ने क्रममा सवारी आवतजातवलाई सहज बनाउन ट्राफीक प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी सहायक निरिक्षक अशोक चौधरी खटिएका थिए ।

श्रमदानमा वडा सदस्य मनमाया तामाङ, युवा नेता जिसन कार्की, शम्भू गौतम, युवा व्यवसायी मन्दिप लिम्बू, जिवन बचाउ उपचार गृहबाट अशोक थापा सहितको टोली, स्थानिय खगेन्द्र गुरागाई, माधव भट्टराई सहित तेजनारायण राजवंशी, विक्रम गुरुङ, अनिश धिमाल, विवस राई लगायत अन्य युवाहरुको उपस्थिति रहेको थियो ।

उक्त सडकखण्डमा यसअघि समेत उनीहरुले जनश्रमबाट कंक्रिट ढलान गर्दै खाल्डाखुल्डी पुर्दै आएका छन् । यस्तै स्थानियकै अगुवाईमा सो सडकलाई सौन्दर्यीकरणको लागि सरसफाई र वृक्षरोपण अभियान समेत संचालन गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय