रोटरी क्लब अफ उर्लाबारीको डिजि भिजिट कार्यक्रम सम्पन्न
२०८२ भाद्र ४, बुधबार १६:४०
उर्लाबारी / रोटरी क्लब अफ उर्लाबारीको डिजि भिजिट कार्यक्रम मंगलबार स्थानीय भुसेछो होटलमा सम्पन्न भएको छ । कार्यक्रममा रोटरी डिष्टृक्ट ३२९२ का बर्तमान गभर्नर विनोद कोईराला, सह-गभर्नर रुद्र मैनाली, डिष्टृक्ट सेक्रेटरी सुवास सिग्देल, डिष्टृक्ट जोइन्ट सेक्रेटरी सुजन प्रधानलगायत रोटरियन नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा क्लबले सम्पन्न गरेका सामाजिक गतिविधि तथा भावी योजनाबारे विस्तृत छलफल गरिएको थियो । सो क्रममा क्लबले उर्लाबारी-३ मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा फिजियो थेरापी कक्षको स्थापना, ह्याप्पी स्कुल अवधारणा अनुरूप सुनझोडा माध्यमिक विद्यालयलाई अपनत्व ग्रहण, वृक्षारोपण अभियान तथा पोलियो रोग विरुद्धको जनचेतना कार्यक्रमसम्बन्धी जानकारी दिइएको थियो ।
समाज रूपान्तरणमा रोटरीको भूमिका महत्वपूर्ण रहेको भन्दै उपस्थित वक्ताहरुले क्लबका क्रियाकलापको प्रशंसा गरेका थिए ।
कार्यक्रम रोटरी क्लब अफ उर्लाबारीका अध्यक्ष सुर्य पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा क्लबका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षसहित रोटरियनहरूको सक्रिय उपस्थिति रहेको थियो ।