मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकाका दुई स्थानीयवासीका हराएका मोबाइल फोन इलाका प्रहरी कार्यालय मधुमल्लाले फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।

करीब एक महिना अगाडि मिक्लाजुङ–२ का बालकुमार लिम्बूको आईफोन १३ र मिक्लाजुङ–७ का रोशन केसीको आईफोन १२ हराएको भनी इलाका प्रहरी कार्यालय मधुमल्लामा उजुरी दर्ता गरिएको थियो।

उक्त उजुरीको आधारमा गरिएको खोजतलासपछि प्रहरी टोलीले दुवै मोबाइल फोन फेला पारी आज भदौ ३ गते मंगलबार सम्बन्धित धनिलाई बुझाएको इलाका प्रहरी कार्यालय मधुमल्लाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय