मोरङको उर्लाबारी–४ स्थित उर्लाबारी बहुमुखी क्याम्पसमा यही भदौ ७ गते हुने २४ औं चुनावी साधारणसभामा दुई प्यानल घोषणा भएको छ ।

निर्वाचन समितिका अनुसार १५ सदस्य पदका लागि ३८ जनाले उम्मेदवारी दिएका छन् ।

यसपटक बामपन्थी दलहरुले प्रगतिशील संयुक्त गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

यसमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहभागी छन् । त्यस्तै, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र लिम्बुवान पार्टी मिलेर संयुक्त लोकतान्त्रिक प्यानल बनाएका छन् ।

निर्वाचन समितिले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।

प्रगतिशील संयुक्त गठबन्धनका उम्मेदवारहरू

अर्जुन बास्तोला, चेतराज सिं श्रेष्ठ, दिलकुमारी बस्नेत, दुर्गाराम कार्की, जीवनकुमार घिमिरे, केशरबहादुर चौहान (केदार), खिलराज पराजुली (खगेन्द्र), कृष्णराज गुरुङ, महेन्द्र कार्की (ख), मिनप्रसाद दाहाल (मिलन), नगेन्द्रबहादुर घिमिरे, पुष्पलाल ढकाल, तारा श्रेष्ठ, टिकाप्रसाद अधिकारी र तुलबहादुर न्यौपाने (रोहित) ।

संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवारहरू

योगेन्द्र कट्वाल (गोपाल), मुक्तिप्रकाश न्यौपाने, दिपक भट्टराई, नारनप्रसाद आचार्य, विष्णु गुरागाई, डा. हरिबाबु दाहाल, रेवत सुवेदी, मेघराज भट्टराई, प्रेम डाँगी, प्रतिक आचार्य, नवीन न्यौपाने, कृष्णप्रसाद आचार्य, मातृका धिमाल, दिलकुमारी लावती (दिलु) ।

अन्य उम्मेदवारहरू

विमलकुमार निरौला, छत्रबहादुर कार्की, ज्ञानेन्द्र ओली, हरिबहादुर कट्वाल, जितेन्द्र न्यौपाने, ख्यामराज निरौला, नगेन्द्रप्रसाद घिमिरे, पवन घिमिरे र ताराप्रसाद खतिवडा ।

निर्वाचनमा ९१२ जना मतदाता रहने छन् ।

दुवै प्यानलले घोषणापछि मत माग्न थालेका छन् । प्रचारप्रसारका क्रममा उम्मेदवारहरुले आफ्ना योजनासहित मतदातासँग समर्थन जुटाउने अभियान तीव्र पारेका छन् ।

गत जेठ ३१ गतेका लागि तय भएको निर्वाचन स्थगित भई भदौ ७ मा सारिएको हो । त्यसबेला मनोनयन गरेका कतिपय उम्मेदवार हाल विदेश गएको पाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय