
उर्लाबारी । प्रदेश लोकसेवा आयोग, कोशी प्रदेशबाट सिफारिस भई उर्लाबारी नगरपालिकामा आउनु भएको कानुन अधिकृत श्री निर्मल कुमार पौडेललाई सोमबार एक औपचारिक कार्यक्रमबीच स्वागत गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख गंगा प्रसाद खरेल, उप–प्रमुख मीना कुमारी खतिवडा पौडेल, प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्ता तथा विभिन्न शाखाका कर्मचारीहरूको उपस्थितिमा नयाँ अधिकृतलाई स्वागत गर्दै उहाँको कार्यकाल सफल तथा फलदायी होस् भन्ने शुभकामना व्यक्त गरिएको थियो। उप–प्रमुख पौडेलज्यूले न्यायिक समितिको कार्यलाई अझ व्यवस्थित, प्रभावकारी र जनमैत्री बनाउन कानुन अधिकृतको भूमिका महत्वपूर्ण हुने बताउँदै, नागरिकलाई न्यायसम्मत सेवा दिन सबै पक्ष प्रतिबद्ध रहनुपर्नेमा जोड दिनुभयो।


