
जेनजी आन्दोलनका कारण अवरुद्ध बनेको उर्लाबारी नगरपालिका वडा नं–६ को सेवा पुनः सञ्चालनमा आएको छ । उर्लाबारी–६ स्थित मोरङ मोडल कलेजले एक थान कम्प्युटर र एक थान प्रिन्टर सहयोग गरेपछि वडाबाट हुने नियमित कामकाज पुनः सुचारु भएको हो ।

समाजसेवी सचिन शाक्यको विशेष पहलमा मंगलबार कलेजले वडा अध्यक्ष चिन्तामणी पौडेललाई उक्त सामग्री हस्तान्तरण गरेको थियो । सहयोग प्राप्त भएपछि वडा अध्यक्ष पौडेलले कलेज परिवारलाई धन्यवाद व्यक्त गर्दै जनताको सेवामा अझ प्रभावकारी ढंगले काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

मोरङ मोडल कलेजले शैक्षिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ, जसले स्थानीय समुदायमा सकारात्मक सन्देश फैलाएको छ ।




