उर्लाबारी / उर्लाबारी नगरपालिका–१ स्थित पूर्वेली क्रसर उद्योगले नगरपालिकालाई करिब पाँच लाख चालीस हजार दुई सय दश रुपैयाँ बराबरको विद्युतिय सामग्री सहयोग गरेको छ।
नगरपालिकाको पुनर्निर्माणका लागि अति आवश्यक सामग्री मंगलबार एक औपचारिक कार्यक्रमबीच उद्योगका अध्यक्ष सुरेन्द्र लिम्बुको नेतृत्वमा नगर प्रमुख गंगा प्रसाद खरेललाई हस्तान्तरण गरिएको हो।


सो कार्यक्रममा नगर प्रमुख खरेलले विपद् र कठिन परिस्थितिमा स्थानीय उद्योग, संघसंस्था तथा व्यक्तिहरूबाट प्राप्त सहयोगप्रति आभार प्रकट गर्दै, “यस किसिमको सहयोगले नगरपालिकाको सेवा प्रवाह अझ प्रभावकारी र सहज बन्ने विश्वास छ,” भन्दै उद्योगको प्रशंसा गर्नुभयो।

पूर्वेली क्रसर उद्योग यसअघि पनि विभिन्न सामाजिक गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय