मोरङ, असोज ७। मिक्लाजुङ गाउँपालिका–२ वडा कार्यालयले मृतक परिवारलाई आवश्यकीय खर्चका लागि सहयोग उपलब्ध गराउने भएको छ।

वडा कार्यालयको असोज ६ गतेको निर्णयअनुसार वडामा बसोबास गर्ने मृतक परिवारका सदस्यको अन्त्येष्टि तथा आवश्यकीय सामग्री खरीदका लागि अधिकतम १० हजार रुपैयाँसम्म बराबरको सामग्री उपलब्ध गराइने भएको हो। यसका लागि मृतक परिवारले वडा कार्यालयमा जानकारी गराउनुपर्ने वडा अध्यक्ष बल बहादुर श्रेष्ठले जानकारी दिए। उनले भने– “जिन्दगीभन्दा ठूलो केही हुँदैन। तर, दुःखद घडीमा परिवारलाई साथ दिन सकियो भने त्यो नै हाम्रो मानवीय जिम्मेवारी हो। मृतकका परिवारलाई वडाले सानो सहयोग उपलब्ध गराएर पीडाको क्षणमा सहारा बन्ने प्रयास गरेको छ।” उनले यस निर्णयले पिडामा परेका परिवारलाई तत्काल राहत र सहयोग मिल्ने विश्वास व्यक्त गरे। सम्पर्कका लागि वडा अध्यक्ष बल बहादुर श्रेष्ठ (९८५२६३६६६२), वडा सदस्य हेम कुमार कटवाल (९८५२६३०२९५) र वडा सदस्य रेवत कुमार खड्का (९८१२६०२९५५) सँग सम्पर्क गर्न सकिने वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय