उर्लाबारी, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ज्ञानकुमार श्रेष्ठ ‘ज्ञानु’ले आफ्नो व्यक्तिगत पहलमा उर्लाबारी नगरपालिकालाई सहयोग सामग्री उपलब्ध गराएका छन् ।
जेन जी आन्दोलनको क्रममा अराजक समूहद्वारा नगरपालिकाको कार्यालयमा गराइएको आगजनीका कारण प्रभावित नगरपालिकाको नियमित सेवा प्रवाहमा सहयोग पुर्याउने उद्देश्यले उनले ६ सेट कम्प्युटर मनिटर र १ थान प्रिन्टर हस्तान्तरण गरेका छन् ।
श्रेष्ठले करिव १ लाख ३ हजार ५ सय रुपैया बराबरको उक्त सामग्री शुक्रबार नगर प्रमुख गंगाप्रसाद खरेललाई हस्तान्तरण गरेका छन् ।
श्रेष्ठको अतुलनीय योगदानप्रति नगर प्रमुख खरेलले धन्यवाद व्यक्त गर्दै व्यवसायी समुदायको सहकार्यले नगर पुनर्निर्माणमा ठूलो टेवा पुग्ने धारणा व्यक्त गरे ।
यस्तै सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले सहयोगी दाताहरुप्रति कृतज्ञता प्रकट गर्दै प्राप्त सामग्रीहरुको अभिलेख र खर्च विवरण सार्वजनिक गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय