– शिक्षा र सामाजिक उत्तरदायित्वको उत्कृष्ट पहल मोरङ, पथरीशनिश्चरे – सेजल एण्ड सिस्टर फाउण्डेशनको पहलमा श्री हिरक माध्यमिक विद्यालयका २ सय ७० विद्यार्थीले नयाँ पोसाक पाएका छन्।

फाउण्डेशनका अध्यक्ष मेग सुवेधी आफैं विद्यालय पुगेर विद्यार्थीहरूलाई पोसाक हस्तान्तरण गरे। विद्यालय परिवारले सामाजिक कार्यमा निरन्तर सक्रिय सुवेधिलाई सम्मान गर्दै उनका बुबा हेमलाल सुवेधी र आमा [नाम] लाई पनि विशेष सम्मान दिएको थियो।

अध्यक्ष सुवेधीले भने, “शिक्षा जीवनको आधार हो। यसलाई बाँड्दा बढ्छ र यसले मानिसलाई कर्मयोगी बनाउँछ। गुणस्तरीय शिक्षा दिन मेरो प्रतिबद्धता सधैं रहिरहनेछ।” नयाँ पोसाक पाउँदा विद्यार्थीहरूको अनुहारमा खुशी झल्किन्थ्यो।

एक विद्यार्थीले भने, “आज नयाँ पोसाक पाएर हामी धेरै उत्साहित भयौं। यसले पढाइमा अझ मन लगाउने प्रेरणा दियो।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन कुरुम्बाले भने, “यस्ता पहलले विद्यार्थीहरूमा आत्मविश्वास जगाउँछ र समाजमा शिक्षा तथा मानवताको मूल्य बढाउँछ। यसले बालबालिकाको उज्ज्वल भविष्यमा नयाँ ऊर्जा थपेको छ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय