उर्लाबारी । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले उर्लाबारी शाखाका लागि फिल्ड असिस्टेन्ट पदमा कर्मचारी माग गरेको छ।
कम्पनीका अनुसार इच्छुक उम्मेदवारले मोटरसाइकल र वैध लाइसेन्स भएको हुनुपर्नेछ। शैक्षिक योग्यता कम्तीमा इन्टरमिडियट (१०+२) र पूर्व अनुभव भएकालाई प्राथमिकता दिइनेछ।

वर्ल्डलिंकले आफ्ना फिल्ड असिस्टेन्टका लागि आकर्षक सुविधा उपलब्ध गराउने जनाएको छ, जसमा स्वास्थ्य तथा दुर्घटना बीमा, इन्धन, मर्मत–सम्भार खर्च, त्रैमासिक र मासिक प्रोत्साहन, साथै घरका लागि निःशुल्क Wi-Fi र टिभी सुविधा समावेश छन्।
इच्छुक उम्मेदवारहरूले career.r1@worldlink.com.np मा इमेल वा ९८०२८५६१८२ नम्बरमा सम्पर्क गरेर आवेदन दिन सक्नेछन्। साथै, विज्ञापनमा दिइएको QR कोड स्क्यान गरेर पनि आवेदन फारम भर्न सकिनेछ।
यो नियुक्ति प्रक्रिया Infotech Services Pvt. Ltd. मार्फत वर्ल्डलिंकको लागि सञ्चालन गरिएको हो।


