उर्लाबारी । उर्लाबारी नगरपालिका वडा नं. ९ ले कृषकहरूको सहजताका लागि अत्याधुनिक धान काट्ने मेसिन खरिद गरेको छ । कुल लागत साढे ६४ लाख रुपैयाँ पर्ने उक्त मेसिन ५० प्रतिशत अनुदानमा प्राप्त गरिएको हो ।
सो मेसिनमा कोशी प्रदेश सरकारको ५० प्रतिशत लगानी र स्थानीय कृषक समूहको ५० प्रतिशत लगानी रहेको वडाध्यक्ष नरबहादुर मोक्तानले जानकारी दिनुभयो ।
उहाँका अनुसार कृषकहरूले अब यस मेसिनको सेवा अन्य ठाउँको तुलनामा बढी सौलियत दरमा लिन सक्नेछन् ।
वडा अध्यक्ष नरबहादुर मोक्तानले भन्नुभयो, “हाम्रो उद्देश्य कृषकलाई प्रविधिसँग जोडेर उत्पादनमा वृद्धि ल्याउने र खेतीलाई सरल बनाउने हो । यो मेसिनले धान काट्ने काममा समय र खर्च दुबै घटाउनेछ । किसानले अबदेखि यसबाट प्रत्यक्ष लाभ पाउनेछन्,” उहाँले बताउनुभयो ।
कृषक डिकेन्द्र बस्नेतले भन्नुभयो, “पहिले धान काट्न मजदुरको समस्या हुन्थ्यो र धेरै खर्चिनु पर्थ्यो । अब मेसिनको सुविधा पाउँदा हामी किसानलाई ठूलो राहत मिल्नेछ । समयमा धान काट्न सजिलो हुने र नोक्सानी पनि कम हुनेछ,” उहाँले खुशी व्यक्त गर्नुभयो ।
वडाले कृषकका लागि यसरी धान काट्ने मेसिन खरिद गरेको सम्भवत: उर्लाबारी–९ नै नेपालकै पहिलो वडा बनेको छ ।
🟦 जनताको सेवामा निरन्तर सक्रिय वडा
यसअघि पनि वडाले जनताको सेवाका लागि दाताको सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइसकेको छ । वडाध्यक्ष मोक्तान टिमको नेतृत्वमा भएका यी पहलहरूले कृषि, स्वास्थ्य र सेवा क्षेत्रमा वडालाई आदर्श नमुनाको रूपमा अघि बढाइरहेका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय