उर्लाबारी । सप्तकोशी नदीमा नुहाउने क्रममा डुबेर उर्लाबारी-७ का १८ वर्षीय राज गुरागाई बेपत्ता बनेका छन् ।
आफन्तको श्राद्धमा सप्तकोशी पुगेका गुरागाई सहित दमक नगरपालिका-२ बस्ने वर्ष १७ का नवीन न्यौपाने दमक-९ बस्ने वर्ष १९ का रुद्र न्यौपाने सप्तकोशी नदी र कोका खोलाको संगम स्थलमा नुहाउने क्रममा डुवेर बेपत्ता बनेका थिए ।
नदीमा बेपत्ता भएकामध्ये नवीन न्यौपानेको शव घटनास्थल नजिकै कोशीको भंगालोमा फेला परेको सुनसरीका एसपी प्रभु प्रसाद ढकालले जानकारी दिए ।
एसपी ढकालका अनुसार बेपत्ता रहेका उर्लाबारी-७ का १८ वर्षीय राज गुरागाई र दमक-९ का १९ वर्षीय रुद्र न्यौपानेलाई सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गोताखोर टोलीसहित स्थानीयहरूले बेपत्ता दुवै जनाको खोजी गरिरहेको एसपी ढकालले बताए ।
प्रहरीका अनुसार दमक र उर्लाबारीबाट उनीहरु परिवारसहित श्राद्धका लागि बराहक्षेत्र पुगेका थिए बेपत्ता मध्ये नवीन र रुद्र दाजुभाइ भने गुरागाई न्यौपाने दाजुभाइका मामाका छोरा रहेको प्रहरीले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय