मोरङको उर्लाबारी नगरपालिकाका सडकमा असरल्ल निर्माण सामाग्री राखिदा सडकमा अवरोध सृजना भएको छ ।
सडकमा जथाभावी निर्माण समाग्री राखिदा सडकमा ईटाका टुक्रा, बलुवाको डिस्को र गिट्टीको थुप्रो, फलामा रड र बाँसले सडकको क्षेत्रफल ओगट्दा आवतजावतमा समस्या उत्पन्न् स्थानियहरुले बताउने गरेका छन् ।
कालोपत्रे सडकमा जाथाभावी थुपारीएका निर्माण सामाग्रीका कारण विद्यालय जाने बालबालिका र बयोबृद्ध बा आमा दुर्घटनाको जोखीममा परेका छन् ।
उर्लाबारी नगरपालिकामा सार्वजानिक बाटोमा अवरोध पुग्ने गरी अथवा आतजावतमा समस्या उत्पन्न हुने गरी निर्माण सामाग्री राख्न नपाईने निती भएतापनि बर्तमान मेयर गंगाप्रसाद खरेलले सो नियमलाई नजरअन्दाज गरेका कारण सडकमा जथाभावी असरल्ल निर्माण सामाग्री थुपारिने क्रम बढ्दै गएको स्थानियहरु बताउछन् ।
सुशासन र पारदर्शीतालाई सदैव कायम राख्ने बाचा गरेर निर्वाचन जितेका उर्लाबारीका मेयर खरेलले स्थानिय सरकारले बनाएका निती नियमलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसक्दा पछिल्लो समय उर्लाबारीमा बेथिती मौलाउदै गएको स्थानियहरुको आरोप छ ।
स्थानियहरु भन्छन्-“खरेल निर्वाचित हुनुभन्दा अगाडी उर्लाबारीका सडकहरुमा अवरोध सृजना हुने गरी राखिएका निर्माण सामाग्रीहरु नगर प्रहरीले हटाउने गरेको थियो तर खरेल निर्वाचित भएर आएसगै उर्लाबारीका सवै वडाका सार्वजनिक बाटोहरुमा निर्माण समाग्रीको रास भेटिन्छ्, कालोपत्रे सडकमा यत्रतत्र पोखीएको बालुवामा सवारी साधन अनियन्त्रित भएर दुर्घटना हुने सम्भावना उच्च छ तर के गर्नु नगरपालिकाले देख्दैन, सुन्दैन मेयर सावलाई त के छ र उहा तर खैरो गाडीमा सरर हिड्नु हुन्छ बाटोको धुलो उठेर उहाको आखामा पस्दैन् ।”
उर्लाबारीमा यस अघि सार्वजनिक बाटोमा निर्माण सामाग्री थुपारीएको भेटेमा नगरप्रहरीको टोलीले अनुगमन गरी कार्वाही गर्ने गरेको थियो । तर उर्लाबारीमा नया मेयर फेरीए सगै नगरप्रहरी समेत सुस्ताएको छ ।
स्थानिय सरकारले बनाएका निती नियम प्रभावकारी रुपमा कार्यान्वयन भएका छन् छैनन् भनेर अनुगमन गर्ने नगरप्रहरीको टोली समेत सुस्ताउदा सार्वजनिक बाटोमा अवरोध गरेर भोजभत्तेर लगाउने, निर्माण सामाग्री थुपार्ने क्रम झनै बढ्दै गएको छ ।