उर्लाबारी, संयुक्त अपाङ्ग एकता आवाज केन्द्र नामक गैरसरकारी संस्थाका संचालक हुन्, तिलबहादुर कार्की । काठमाडौको गोकर्णमा सो संस्थाले बाल आश्रम संचालन गर्दै आएको छ । आश्रित बालबालिकका लागि सहयोग जुटाउन उहाँ दिनरात नभनी खटिनुभएको छ । यतिबेला जापान भ्रमण रहेका कार्कीलाई त्यहाँ रहेका नेपालीहरुले केहि भरथेग गरेका छन् ।

जापानस्थित एआरसी डिनिङ नारिताका प्रबन्धक खगेन्द्रप्रसाद भट्टको पहलमा गैर आवाशीय नेपालीबाट आश्रमका लागि एक लाख ३० हजार रकम प्राप्त भएको उहाँले बताउनुभयो । जापानमा रहेका नेपालीजनबाट आफ्नो संस्थालाई केहि आर्थिक सहयोग प्राप्त भएको जनाउदै उहाँले खुसी ब्यक्त गर्नुभयो ।

 

सहयोगी मनका धनि तिलबहादुर कार्की आफै अपाङ्गता भएका व्यक्ति हुनुहुन्छ । उर्लाबारी – १ झाँरसादीका बासिन्दा कार्कीले काठमाण्डौमा रहेर सामाजिक कार्य गर्दै आउनुभएको छ । विभिन्न नियतिले बालबच्चालाई आश्रममा ल्याइपुयार्उने उहाँको कथन छ । कार्की भन्नुहुन्छ – ‘बाबुआमाको माया ममता पाउन नसकेका बालबालिकालाई सबैको साथ, माया र हौसलाको खाँचो छ ।’

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय