केहि सपना केहि अठोट, केहि गर्ने केहि बन्ने लक्ष्य लिएर सानै उमेरमा काठमाडौ छिरेका उनी दीनदुःखी, गरिब – असहायहरुको सेवामा निरन्तर लागि रहेका छन् । धेरथोरै कति सकिन्छ, अभावमा बाँचिरहेकाहरुको दुःख पीडामा मलाम पट्टी लगाउन जुटिरहेकै छन् । काठमाडौ छिर्दा उनका सुनौलो सपनाहरु थिए । कति पुरा भए, कति भएनन् त्यो अर्कै पाटो हो । तर, आफ्नै अगुवाइमा सामाजिक संस्था चलाएका उनले मानव सेवामा निर्वाह गरेको अग्रणि भुमिका प्रशंसनीय छ । सहयोगी मनका धनि तिलबहादुर कार्कीको सेवाभावको जति चर्चा गरेपनि त्यो कम हुन्छ । पाँचथर जिल्लाको सराङडाँडामा बुवा खगेन्द्रकुमार र आमा हर्कमायाको सन्तानका रुपमा ०२९ सालमा जन्मिएका तिलबहाद्र ०३८ सालदेखि काठमाडौमा जीवन व्यतीत गरिरहेका छन् ।

मोरङको उर्लाबारी – १ झाँरसादीमा पनि उनको घर छ । संयुक्त अपाङ्ग एकता आवाज केन्द्र नामक गैरसरकारी संस्थाका संचालक कार्कीले सो संस्था मार्फत सामाजिक गतिविधि गर्दै आइरहेका छन् । काठमाडौको गोकर्णमा बाल आश्रम संचालन गर्दैआउनुभएका कार्की भन्छन् – ‘जीवनमा धेरै सुख धेरै दुःख, राम्रो – नराम्रो सबै दिनहरु देखेको छु, भोगेको छु ।’ दुःखमा कहिले नआतिएको अनि सुखमा कहिले आफ्नो धरातल नबिर्सिएको उनको कथन छ । गरीब दुःखी, असहाय मात्रै नभएर शारीरिक रुपमा कमजोर भएकाहरु लाई सहयोग गर्न उनी कहिल्यै पछि हटेका छैनन् । अधिकांश समय ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’ मा आश्रित बालबालिकाकै हेरचाहमा तल्लीन रहँदै आएको उनी बताउछन् । उनी आफु संचालक रहेको बाल आश्रममा रहेका नानीबाबुहरु संग आफ्नोपन अन्तरघुलन भएको सुनाउछन् । ‘भाइ – बैनिहरु मलाई देखेर निकै खुसि हुने गर्छन्, अंकल भन्दै वारिपरि झुमिन्छन् सायद माया भनेकै यहि होृला’ तिलबहाद्रले भावुक हुँदै सुनाए । पछिल्लो समय ग्रामीण भेगका गरिब – असहाय परिवारमा न्यानो कपडा र खाद्यान्न बाँड्ने काममा उनी लागिपरेका छन् । केहि आफ्नै लगानी, केहि दाताहरुबाट नगद र जिन्सी जुटाएर उनले सहयोग गर्ने गरेका छन् । ‘हाम्रो सानो सहयोगले कसैको जीवनमा सानै भएपनि खुसि मिल्छ भने आउनुस् सत्कर्ममा जुटौं’ उनको सबैलाई आग्रह छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय