पथरीशनिश्चरे नगरपालिकाको आइतबार पत्रकार सम्मेलन गरी १३ औं नगरसभाबाट पारित नीति, कार्यक्रम तथा बजेटका बारेमा जानकारी दिएको हो ।
असार १० गते भएको नगरसभाबाट ७१ करोड १७ लाख ४१ हजार ८ सय रुपैया बजेट सर्वसम्मत रुपमा पारित भएको पास गरेको पथरीशनिश्चरे नगरपालिकाका प्रवक्ता एबं वडा नं. ८ का अध्यक्ष नवीन कार्कीले जानकारी दिुनभयो ।
प्रस्तुत बजेट मध्ये शिक्षामा २ करोड ५० लाख ९६ हजार, स्वास्थ्यमा १ करोड ८९ लाख ८५ हजार, कृषिमा ९४ लाख १० हजार ६००, पशुपंक्षी विकासमा ३९ लाख, लक्षित वर्गमा १ करोड १९ लाख, ७४ हजार १६६, खेलकुदमा ३७ लाख २० हजार, प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १७ लाख, वन, वातावरण तथा संस्थागत सुदृढिकरण क्षेत्रमा २६ लाख रकम विनियोजन भएको पत्रकार सम्मेलनमा प्रवक्ता कार्कीले बताउनुभयो । भौतिक पूर्वाधार विकास निर्माण, मर्मत तथा विपद् व्यवस्थापन क्षेत्रका विनियोजन गरिएको उहाँको भनाई छ । विपन्न परिवारको स्वास्थ्य उपचारको लागि १२ सय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा, प्राविधिक विषय अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक ऋण प्रदान गर्ने, दीर्घ रोगीलाई उपचार तथा फलफुल खर्च, वृद्धवृद्धालाई एम्बुलेन्स निःशुल्क कार्यक्रमलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । फोहोर व्यवस्थापन, नगरको प्रशासनिक भवन जग्गा व्यवस्थापन, विपन्न परिवारसँग उपमेयर, पथरी बहुमुखी क्याम्पसलाई सञ्चालन अनुदान खर्च, माटो बचाउ अभियान र पथरीको यलम्बर चोकमा यलम्बरको मूर्तिको लागि रकम विनियोजन भएको छ । नगरपालिकामा भएको २५ करोड ३२ लाख बेरुजु रकम आर्थिक बर्ष २०७९÷०८० मा १८ करोड ७६ लाख फर्छयोट गरिएको उहाँले बताउनुभयो । यस आर्थिक बर्षमा नगरको न्यायिक समितिमा १६६ वटा मुद्धा परेकोमा १४४ वटा फर्छयोट गरेको २२ वटा बाँकी रहेको न्यायिक समितिको संयोजक समेत रहनु भएकी नगर उपप्रमुख देबिमाया काफ्लेले जानकारी दिनुभयो ।
बजेट सार्वजनिक कार्यक्रममा नगर प्रमुख मोहन तुम्बापोले यो आर्थिक बर्षमा नगरको स्थानीय श्रोत ४ करोड १७ लाख संकलन भएको जानकारी दिनुभयो । प्रमुख तुम्बापोले विश्व ब्यापी आर्थिक संकटको कारण सम्झौता भइसकेको र सम्पन्न भएको योजनाहरुको बजेटसमेत संघ सरकारले काट्नुको साथै स्वास्थ्य कर्मचारी र शिक्षकको तलव समयमा पठाउन नसक्दा समस्या भइरहेको जानकारी दिनुभयो । बजेटमा आवास विहिन अति विपन्न परिवारलाई नगरपालिकाले दुई कोठे घर बनाइदिने कार्यक्रम रहेको नगर प्रमुख तुम्बापोले बताउनुभयो ।
कार्यक्रममा नगरको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपसचिव शिक्षा बिभाग प्रमुख शालिग्राम काफ्ले, लेखा विभाग प्रमुख पिताम्बर वस्ती, वडा नं. २ का वडाध्यक्ष नैनासिंह राईलगायत कर्मचारी तथा जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम सूचना संयोजक सन्तोष राईले सञ्चालन गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय