उर्लाबारी । उर्लाबारी उद्योग बाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी विजयादशमी,शुभ दिपावली, नेपाल सम्वत, छैठलगायत पर्वको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्ने वक्ताहरुले चाडपर्वलाई सामाजिक सद्भावलाई दरिलो बनाउने अवसरका रुपमा लिँदै सबै धर्म र जातजातिको साझा पर्वका रुपमा मनाउन सकिने गरि मनाउनु पर्नेमा जोड दिएका छन् ।उर्लाबारी नगरपालिकाका नगरप्रमुख गंगाप्रसाद खरेलले चाडपर्व परम्परा र संस्कृतिको जगेर्ना गर्ने गरि र सबैको पहुचको रुपमा मनाउन सकिनु पर्ने धारणा राख्नुभयो ।
शुभकामना आदानप्रदानसँगै कृषी उत्पादन र वजारीकरण विकासबारे छलफल कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममा सहभागीहरुले कृषि उत्पादन, अनुदान र वजारीकरण बारे भोग्दै आएका समस्याहरुबारे गुनासा राखेका थिए । कार्यक्रमका उठेका विषयहरुको जवाफ उर्लाबारी नगरपालिकाका प्रमुख खरेल, नगर कृषि शाखा प्रमुख अम्बिकाप्रसाद लुँइटेल लगायतले दिएका थिए । कार्यक्रम सञ्चालन महासचिब हेमराज गुरुङले गरेका थिए भने सभापतित्व अध्यक्ष शेरबहादुर भण्डारीले गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय