सार्वजनिक बसमा सवार यात्रुहरुका गुनासो सुन्दै उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल ।
यात्रुलाई जबरजस्ती बोलाउने, तछाड र मछाड गर्दै ल्याउने तथा निर्धारण गरिएको भाडादर भन्दा बढी रकम असुल्ने गरेको व्याप्त गुनासो आइरहेको सन्दर्भमा नगर प्रमुख खरेलले यात्रुहरु बीचमै पुगेर जानकारी लिनुभएको हो ।
यात्रुलाई आफू पुग्ने गन्तव्यसम्मको निश्चित भाडादर जानकारी भएमा यात्रा गर्न सहज हुने भन्दै भाडा दरमा ठगिएको जानकारी पाएमा तत्काल सम्बन्धित निकायमा गुनासा राख्न उहाँले यात्रुहरुसंग आग्रह गर्नुभयो । मेयर खरेलसंगै नियमनमा रहनुभएका उर्लाबारी ट्राफिक बिटका प्रहरी रुद्र भुजेलले जानकारी नआउँदा कारबाही गर्न समस्या भएको जनाउदै यात्रुहरुलाई मर्का पर्ने काम नगर्न बारम्बार यातायातकर्मीलाई सचेत गराउँदै आएको जनाउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय