काठमाडौं २३ जेठ । नेकपा एमालेका सांसद डा भीम रावलले अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त भएको बताएका छन् ।

नेकपा एकीकृत समाजवादीले ६ महिनामा मन्त्री हेरफेर गरेपछि त्यसको विरोधमा नेता रावलले यस्तो बताएका हुन् । देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्ने उनले जोड दिएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘अमुक व्यक्तिहरूलाई पालैपालो ६ महिने मन्त्री बनाउन र विपरीत सिद्धान्तका दलसंग पद र सत्ताको लागि गठबन्धन गरी स्वार्थसाधन गर्न नेपालका कतिपय दल र नेता निरवस्त्र मैदानमा देखिनु देश, जनता र लोकतन्त्रको लागि अत्यन्त घातक हो। देश र जनताको निस्वार्थ सेवाको राजनीति व्यवहारमा देखिनु पर्छ ।

आइतबार एकीकृत समाजवादीले पर्यटनमन्त्रीबाट प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो । नयाँ मन्त्रीहरुलाई आज सपथ खुवाउने कार्यक्रम समेत रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय