उर्लाबारी, २९ पुस
मोरङको विराटनगर बाहिर पहिलो पटक अरनिको हस्पिटलले आइसियु सेवा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । उर्लाबारी–५ स्थित अरनिको हस्पिटलले आगामी माघ ४ गतेदेखि आइसियु सेवा सुरु गर्ने भएको हो ।
आइसियु सञ्चालनका लागि सबै तयारी सकिएको हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूले जानकारी दिनुभयो । भेन्टिलेटरसहितको ६ बेडको आइसियु सेवा सुरु गर्ने उहाँले बताउनुभयो । एक करोडभन्दा बढी रकम खर्च गरेर हस्पिटलले आइसियु सञ्चालन गर्ने भएको हो ।

एकपछि अर्को सुविधा विस्तार गर्ने क्रममा आगामी वैशाखसम्ममा सिटिस्क्यानको सेवा पनि सुरु गर्ने तयारी गरेको अध्यक्ष पोमूले बताउनुभयो । दश वर्षअघि स्थापना भएको अरनिको हस्पिटलमा दैनिक १५० भन्दा बढी विरामी स्वास्थ्य जाँचका लागि आउने गरेका छन् । यो हस्पिटलले हाडजोर्नी तथा नशा रोग, फिजिसियन, बाल रोग, स्त्री तथा प्रसुती रोग, छाला तथा यौन रोग, नाक, कान, घाँटीका रोग लगायतका विशेषज्ञ चिकित्सकको सेवा प्रदान गर्दै आएको छ ।


यसका साथै, २४ सै घण्टा आकस्मिक सेवा, इसिजी, ल्याब सेवा, हाडजोर्नी तथा जनरल सर्जरीसम्बन्धी शल्यक्रिया, दैनिक ल्याप्रोस्कोपी, इन्डोस्कोपी, इको, फिजियोथेरापी, भिडियो एक्सरेलगायतका सेवा प्रदान गर्दै आएको अध्यक्ष पोमूले जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय