उर्लाबारी । नयाँ फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले मोरङको उर्लाबारी वडा नं. ५ ले फुटबल प्रशिक्षण सुरु गरेको छ ।
उर्लाबारी नगरपालिका वडा नं. ५ ले १५ बर्ष मुनीका ५० भन्दा बढी बालकहरुलाई फुटबल प्रशिक्षण दिइरहेको हो । उर्लाबारी–६ को राधिका माध्यमिक विद्यालयको खेलमैदानमा ३० दिने फुटबल प्रशिक्षण सञ्चालन गरिएको छ ।
नयाँ फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्य अनुसार प्रशिक्षण सुरु गरेको वडाध्यक्ष रविन लामाले बताउनुभयो । फुटबल प्रशिक्षक विनोद धिमाल र रेफ्री मनोज तामाङले सहजीकरण गरिरहनुभएको छ ।
साना बालकहरुलाई फुटबल सिकाउँदा छिट्टै सिक्ने र नयाँ खेलाडी उत्पादनसँगै अनुशासित बनाउन खेल सहयोगी बन्ने प्रशिक्षक विनोद धिमालको भनाई छ ।