१२ बर्ष सम्म निर्वाचन हुन नसकेको नेपाल स्काउटको तिनै तहकोे निर्वाचन यहि मिति २०८० माघ २२ र २७ गते हुने भएको छ । गत २०८० पौष २३ गते मन्त्री लिम्बुको अध्यक्षतामा बसेको राष्ट्रिय परिषद्को बैठकले १२ बर्षपछि नेपाल स्काउटको स्थानिय, प्रदेश र राष्ट्रिय परिषद्हरुको निर्वाचन तोकेको हो । निर्वाचनलाई स्वच्छ र निष्पक्ष रुपमा संचालन गर्न युवा तथा खेलकुद मन्त्रालयलले सहसचिव शिव रेग्मीको अध्यक्षतामा पाँच सदस्यिय निर्वाचन समिति समेत गठन गरेको छ ।
बालबालिका तथा युवाहरुलाइृ अनौपचारिक शैक्षिक अभियान मार्फत अनुशासित, कर्मठ, स्वाभलम्वी र राष्ट्रप्रेमी नागरिकको रुपमा उत्पादन गर्ने उद्धेश्य बोकेको स्काउट अभियान विश्वका १७० भन्दा बढि मुलुकमा संचालनमा छ । २०६८ यता राजनितिक दलहरुको कोपभाजनको शिकार भएको नेपाल स्काउटमा निर्वाचन बिना तदर्थ समितिले नै सम्पुर्ण प्रशासनिक कार्य गर्दै आइरहेको थियो । सरकार परिर्वतन भएपिच्छे नेतृत्व परिर्वतन हुँदै आइरहेको नेपाल स्काउटमा हुन लागेको निर्वाचनले मन्त्री लिम्बु र युवा तथा खेलकुद मन्त्रालयको कार्य सम्पादनमा सकरात्मक भुमिका खेल्ने जानकारहरु बताँउछन् ।