अगामी भदौ पहिलो साता हुन लागेको उर्लाबारी उद्योग वाणिज्य संघको निर्वाचनका लागि उर्लाबारीमा क्रियाशिल पार्टीहरुले उम्मेदवार चयन गर्ने चाजोपाजो गरीरहेका छन् ।
उर्लाबारीको आर्थिक विकास र व्यावासयीहरुको हितका लागि कार्य गर्ने सक्षम र सवल उम्मेदवारको खोजीमा अन्य पार्टीहरु विभिन्न स्थानमा छलफल र वहस गरिरहेका छन् ।
यसै विच उर्लाबारीका व्यावसायीहरु विच परिचित, व्यावसायिक हितका लागि अहोरात्र खटिदै आएका तारामान सेरेङलाई नेपाली काग्रेस उर्लाबारिले भदौमा हुने निर्माचनका लागि अध्यक्ष पदको उम्मेदवार बनाउने निणर्य गरेको छ ।
नेपाली काग्रेस उर्लाबारी नगर सभापति सुरेन्द्र लिम्बूको सभापतित्वमा नौ वटै वडाका सभापतिहरु सम्मीलित बैठकले सेरेङलाई सर्बसम्मत उम्मेद्वार बनाउने निणर्य गरेको नगर सचिब राजन रायमाझिले बताए ।
ब्यवसायीहरुको हितमा अहोरात्र खटिने सेरेङ ब्यवसायीहरुको समस्या समाधान गर्न सक्ने ब्यक्तित्व हुन ।
उर्लाबारी-७ मा स्थायी बसोवास गर्दै आएका ४४ बर्षीय सेरेङले संघको सदस्य, महासचिब हुँदै बरिष्ठ उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेका छ्न ।
२०६१ सालदेखि संघमा आबद्ध भई ब्यापारीहरुको हकहितमा लागि लागिपरेका सेरेङले युवा दस्ताको लोकप्रिय सस्था उर्लाबारी जेसीजको अध्यक्ष भई जिम्मेवारी समेत सम्हालीसकेका छन् । यस्तै उनले उर्लाबारी ब्याटमिन्टन क्लबको संस्थापक अध्यक्ष भई काम गरिसकेका छ्न ।
उर्लाबारीका ठुलाघरनाका व्यावसायीहरु सग मात्रै नभएर साना तथा मझौला ब्यावसायीको पिरमर्का समेत राम्रोसँग बुझेका सेरेङ गत कार्तिकमा उर्लाबारी-७ ईटहरा रोडमा रहेको स्नेहा ज्वेलर्सका संचालक दिपक कार्कीको पसलमा आगलागी हुँदा आगो नियन्त्रणका लागि खटिने क्रममा आगलागीमा परी गम्भिर घाइते भएका थिए ।उक्त घटनामा परी नेपाल प्रहरीका ४ सहित २८ जना घाइते भएका थिए घाईते बनेका मध्ये उपचारकै क्रममा ५ जनाको निधन भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय