उर्लाबारी । मोरङको उर्लाबारीमा शनिबार राष्ट्रिय युवा संघ नेपाल मोरङ जिल्ला कमिटीको आयोजनामा खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा ७३ जनाले रक्तदान गरेका छन् । रगतको अभावलाई रोक्नका लागि मोरङ जिल्ला कमिटीले रक्तदान कार्यक्रमको आयोजना गरेको संघका मोरङ जिल्ला अध्यक्ष प्रविण घिमिरेले दिनुभयो । नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उपशाखाले प्राविधिक सहयोगमा सो रक्तदान गरिएको छ । युवा संघका उर्लाबारी नगर कमिटी संयोजक नितम चौहानले मानविय कार्यमा सहभागी हुन र भविष्यमा पनि यस्ता कार्यक्रमलाई सफल बनाउन आह्वान गर्नुभयो ।