उर्लाबारी उद्योग बाणिज्य संघको आगामी निर्वाचनमा महासचिवको पदमा युवा व्यवसायी नुतन राई (पिके) ले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। भदौंको पहिलो साता हुने यस निर्वाचनमा महासचिवको उम्मेदवारी प्रस्तुत गर्दै राईले संघमा व्यापक सुधार र व्यवसायीहरूको हितका लागि निरन्तर आवाज उठाउने बताउनुभयो। वर्तमानमा कार्यसमिति सदस्यको रूपमा रहेका राईले यसपटक महासचिवको पदमा उम्मेदवारी दिने निर्णयसङ्गै ब्यवसायी भएका छन।
राई, जो उर्लाबारी-५ स्थित एनएमबी बैंकको तलको पर्शु किँरात ट्राभल्स एण्ड टुर्स प्रालिका सञ्चालक हुन्, बर्सौंदेखि यस व्यवसायमा संलग्न रहनुभएको छ। उहाँको व्यावसायिक यात्रा २०६५ सालमा उर्लाबारीमा बसाइँ सरेर सुरू भएको हो। प्रारम्भमा उहाँले पर्शु किँरात ट्राभल्समा कर्मचारीको रूपमा काम गर्दै व्यवसायमा अनुभव हासिल गर्नुभयो र २०६८ सालमा यो ट्राभल्स खरिद गरेर आफ्नै व्यवसाय सञ्चालन गर्न सफल हुनुुभयो। उहाँको लगनशीलता र मेहनतका कारण ट्राभल्समा सेवा लिने ग्राहकहरू सन्तुष्ट भएका छन् र निराश भएर फर्कनु परेको उदाहरण कहिल्यै छैन।
राई व्यवसायिक क्षेत्रमा सफल हुनुका साथै सामाजिक क्षेत्रमा पनि सक्रिय रहनुभएको छ । उहाँ मिरा राई फाउण्डेशनको संयोजक र सानो दुङ्माली किँरात राई सेवा समाजको सचिवको रूपमा काम गर्दै आउनुभएको छ। सामाजिक सुधारका विभिन्न अभियानमा उहाँको योगदान प्रशंसनीय छ। उहाँले सामाजिक विकृतिका विषयमा समेत जोडदार आवाज उठाउनुका साथै व्यवसायीहरूको समस्यामा सहयोग पुर्याउँदै आउनुभएको छ।
महासचिवको उम्मेदवारी दिने बताउदै उहाँले भन्नुभयो, “यसपटक महासचिवको पदमा उम्मेदवारी दिँदैछु। आशा छ, सम्पूर्ण व्यवसायी र उद्योगीहरूले मलाई माया गर्नुहुनेछ।” उहाँको लक्ष्य भनेको उर्लाबारीका साना र ठूला सबै व्यापारीका समस्याहरूलाई संघको निर्णायक स्थानमा पुर्याएर समाधानमा जोड दिनु हो।
राईको उम्मेदवारीमा उहाँको अनुभव, व्यावसायिक सफलता, र सामाजिक सक्रियता सबैले समर्थन गर्ने अनुमान गरिएको छ। उहाँका साथी व्यवसायीहरूका अनुसार, महासचिवको पदमा उम्मेदवारी दिने उहाँको यो निर्णय सहरमा सुधार र व्यावसायिक समृद्धिको आशा जगाउने छ। राईको स्पष्ट दृष्टिकोण र पूर्व अनुभवले महासचिव पदका लागि एक सक्षम उम्मेदवार बनाएको छ।
उर्लाबारी उद्योग बाणिज्य संघको आगामी निर्वाचनमा राईको उम्मेदवारीले व्यवसायीहरू र उद्योगीहरूको चासो र समर्थनलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ। यसले संघलाई नयाँ उचाइमा पुर्याउन र व्यवसायिक र सामाजिक सुधारका लागि नयाँ दिशा प्रदान गर्न मद्दत गर्ने छ।