उर्लाबारी / मोरङ उर्लाबारी -८ दुर्गापुरी मा नवनिर्मित आयुर्वेद औषधालय भवनको आज विशेष कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
उर्लाबारी नगरपालिका द्वारा ७५ लाखको लागतमा निर्माण गरिएको औषधालयको एक कार्यक्रमका बीच उर्लाबारी नगरप्रमुख गंगाप्रसाद खरेल र उपप्रमुख मिनाकुमारी खतिवडा पौडेलले सयुक्त्त रूपमा उद्घाटन गर्नु भएको हो । २०८० बैशाख ११ गते शिलान्यास गरिएको भवन निर्माण सम्पन्न भएपछि आज उद्घाटन गरिएको हो । ६ कोठे नवनिर्मित भवनमा सभाहल , कार्यालय प्रमुख एवं प्रशासन कक्ष , पुर्जा र औषधि वितरण कक्ष , भण्डारन र स्नेहन / स्वेदन कक्ष ,शैचालय लगायत बिरामी प्रतिक्षालयको रूपमा ठुलो प्यासेज समेत रहेकोे कार्यालय प्रमुख मानबहादुर वनेम ले जानकारी दिनुभएको छ । लामो समयदेखि जिर्ण र पानीचुहिने भवनमा बस्तै आएको औषधालय लाई बारम्बारको पहल र उर्लाबारी नगरपालिकाको गौरवको योजनाको रूपमा समाबेश गरि यस वर्ष निर्माण सम्पन्न गरिएको उर्लाबारी -८ का वडा- अध्यक्ष कुलबहादुर कार्किले जानकारी दिनुभएको छ ।
उद्घाटन समारोहमा उर्लाबारी नगरप्रमुख , उप- प्रमुख , प्रमुख प्रशासकीय अधिकृत राजकुमार केसि , उर्लाबारी -९ का वडा- अध्यक्ष नरबहादुर मोक्तान , उर्लाबारी -६ का वडा अध्यक्ष चिन्तामणी पौडेल , उर्लाबारी -७ कि वडा अध्यक्ष उर्मिला थापा लगायत जनप्रतिनिधि , स्थानीय समाजसेवी , ब्यवसायी , कर्मचारी एव पुर्व जनप्रतिनिधि लगाएतको उपस्थिति रहेकोे थियोे ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय