उर्लाबारी । मोरङको पथरीशनिश्चरेबाट प्रकाशित हुने जमर्को साप्ताहिकले १२ औं वार्षिकोत्सवको अवसरमा नमूना बाल गृहका बालबालिकालाई भोजन गराएको छ।
आइतबार, नमूना बाल गृहकी अध्यक्ष मिना बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रिकाका सम्पादक/प्रकाशक मोहन भट्टराईले बाल गृहका बालबालिकासँग खुशी बाँड्न पाउँदा खुशी लागेको बताउँदै भविष्यमा पनि बाल गृहसँग सहकार्य जारी राख्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा सञ्चार क्लब नेपालका पूर्वअध्यक्ष जगन्नाथ भट्टराई र घनश्याम भण्डारी लगायतका व्यक्तिहरूले पनि बोलेका थिए। अध्यक्ष मिना बरालले बाल गृह सञ्चालनमा सबैको सहयोगको कदर गर्दै धन्यवाद व्यक्त गर्नुभयो।