
उर्लाबारी । मोरङको उर्लाबारी–५ स्थित अरनिको हस्पिटलमा कार्यरत डाक्टर मनिषकुमार यादव डेरा कोठामा मृत अवस्थामा भेटिएका छन् ।
हस्पिटल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै आएका धनुषा औरही गाउँपालिका– १ पुरनदहियाका डाक्टर यादब आज विहान मृत भेटिएका हुन् । विगत डेढ बर्षदेखि अरनिको अस्पताल उर्लाबारीमा अल्ट्रासाउण्डतर्फ कार्यरत बर्ष ३५ डा. यादव भित्रबाट चुकुल लगाएको आफ्नै बन्द कोठामा अचेत अवस्थामा रहेको भन्ने जानकारी छिमेकीले गराएका थिए । जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरी टोली परिचालन गरी आफन्तसंग सम्पर्क गरी ढोका खोलि अरनिको हस्पिटल उर्लाबारीमा पठाइ चेक जाँच गर्दा विहान ८ः४० बजेको समयमा डाक्टरले मृत्यु घोषणा गरेको थियो । मृतकको शव पोष्टमार्टमका लागि मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे पठाइएको भने घटनाका बारेमा अनुसन्धान भइरहेको उर्लाबारी प्रहरीले जनाएको छ ।