दमक, झापा – आज नेपाल सगरमाथा तेक्वान्दो दोजाङ, दमकले भुपु ब्रिटिश आर्मी तथा तेक्वान्दो ग्राण मास्टर स्व। राष्ट्र् कुमार राईको पहिलो स्मृति दिवसको अवसरमा विशेष पोसाक हस्तान्तरण कार्यक्रमको आयोजना गरेको छ।
यस कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथिले स्व। राईको योगदान र तेक्वान्दोमा गरिएका कार्यहरूको प्रशंसा गरे। उनले भने, ूस्व। राईले तेक्वान्दो खेलमा मात्र होइन, हाम्रा युवा पिढीको शारीरिक र मानसिक विकासमा पनि महत्त्वपूर्ण भूमिका खेलेका छन्।
कार्यक्रममा उपस्थित विद्यार्थी र प्रशिक्षकहरूले स्व। राईको स्मृतिमा विशेष कार्यक्रम प्रस्तुत गरे। साथै, विभिन्न उमेर समूहका तेक्वान्दोका प्रशिक्षार्थीलाई नयाँ पोसाक हस्तान्तरण गरियो, जसले उनीहरूलाई अझै प्रेरित गर्ने विश्वास व्यक्त गरियो।
नेपाल सगरमाथा तेक्वान्दो दोजाङका प्रशिक्षक र व्यवस्थापकले यो कार्यक्रमलाई सफल बनाउन योगदान दिएका सबैलाई धन्यवाद दिए। यस प्रकारको कार्यक्रमले स्व। राईको विचारधारा र शिक्षा फैलाउने उद्देश्यलाई पूर्णता दिन्छ।
कार्यक्रमको समापनमा स्व। राईको आत्माको शान्तिको लागि प्रार्थना गरियो र आगामी दिनहरूमा तेक्वान्दोको क्षेत्रलाई नयाँ उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गरियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय