उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस प्रमुख खेमराज कार्कीले सवारी ज्यान मुद्दामा सफाइ पाएपछि पुनः क्याम्पस प्रमुखको जिम्मेवारी दिएपछि विवाद देखिएको छ ।
क्याम्पस सञ्चालक समितिले कार्कीलाई क्याम्पस प्रमुखबाट हटाउनु पर्ने कारण नभेटेपछि पुनः सोही जिम्मेवारी दिएपछि विवाद देखिएको हो । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु उर्लाबारी बहुमुखी क्याम्पस कमिटीले क्याम्पस प्रमुखलाई हटाउन माग गर्दै तालाबन्दी गरेको छ भने नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले पुनः कार्कीलाई क्याम्पस प्रमुख बनाउनु पर्ने आधार प्रष्ट पार्न सञ्चालक समितिलाई अनुरोधसहित ज्ञापन पत्र बुझाएको छ ।
नेपाल विद्यार्थी संघले भने कार्कीले सफाई पाइसकेकाले त्यसैलाई बखेडा झिकेर विवाद सिर्जना गर्न नहुने जनाएको छ । नेपाल विद्यार्थी संघ उर्लाबारीका सभापति अर्विन घिमिरेले कानुनी रुपमा सफाई पाईसकेको अवस्थामा त्यसैलाई मुद्दा बनाउन नहुने तर्फ राख्नुभयो । कार्कीविरुद्ध परेको सवारी ज्यान मुद्दामा गत भदौ २८ गते मोरङ जिल्ला अदालतबाट फैसला भई कार्कीले सफाई पाउनुभएको थियो । सवारी ज्यान मुद्दामा पक्राउ परेपछि क्पाम्पस सञ्चालक समितिको बैठकबाट निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी अम्बिकाप्रसाद गौतमलाई दिईएको थियो । गत भदौ ५ गते सञ्चालक समितिले कार्कीलाई प्रमुखको जिम्मेवारीबाट हटाई सहायक क्याम्पस प्रमुख गौतमलाई निमित्त प्रमुखको जिम्मेवारी दिईएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय