९ असोज/ उर्लाबारी
उर्लाबारीमा आफ्नै घरभित्र बालिका असुरक्षित बन्न थालेका छन् । बुधबार उर्लाबारी वडा नम्बर ८ दुर्गापुरीमा नातिनी करणीको आरोपमा आफ्नै हजुरबुबा पक्राउ परेका छन् ।
उर्लाबारीस्थित राधिका माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षिया एक नावालिकामाथी जवरजस्ती करणीको आरोपमा उर्लाबारी वडा नम्बर ८ स्थित दुर्गापुरीका ७० वर्षिय कार्की थरका एक जेष्ठ नागरिकलाई पक्राउ गरिएको छ । कार्कीले विहान आफ्नै घरमा ति बालिकालाई करणीको प्रयास गरेको भनी सो विद्यालयका एक शिक्षकले दिएको ठाडो उजुरीको आधारमा उनलाई साँझ करिव ६:३० बजे नियन्त्रणमा लिईएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। प्रहरीकाअनुसार ति बालीकाले आफुमाथी हजुरबुबाले जवरजस्ती करणीको प्रयास गरेको भनी विद्यालयमा शिक्षकलाई बताएकी थिईन् ।
यता उर्लाबारी प्रहरीले सो घटनाबारे अनुसन्धान सुरु गरेको बताएको छ।