लिलाराज खतिवडाको नयाँ इबुक ‘अन्तिम प्रहर’ अब बजारमा उपलब्ध छ।
यो कृतिमा ५२ विचारोत्तेजक सामग्रीहरूको सँगालो प्रस्तुत गरिएको छ, जसमा समसामयिक राजनीतिक विश्लेषण, निबन्ध, संस्मरण, कविता साथै नेपालका ओझेलमा परेका प्रतिभाहरूमाथि कलम चलाइएको छ। महापुरुषका जीवनीहरू पनि समेटिएको यस संग्रहमा, लिलाराजले पछिल्ला ८ वर्षमा आफ्नो खोपडीमा उम्लिएका विचारहरूलाई अनुसन्धानात्मक शैलीमा समेटेका छन्। दैनिक तथा साप्ताहिक अखबारमा लामो समय रिपोर्टर भएर काम गरेको रसायनको उनले यस पुस्तकमा भरपूर फाइदा उठाएका छन् ।
यसअघि उनका कृतिहरूमा आत्मजागरणलाई मुख्य विषय बनाउँदै, उपन्यास ‘म को हुँ,’ प्रेरणादायी कथाहरूको संग्रह ‘चक्रवर्ती सम्राट,’ इनोभेल ‘कालो ड्रयागन,’ र कथा संग्रह ‘१३, नयाँ शाषक’ प्रकाशित भइसकेका छन्।
‘अन्तिम प्रहर’ उनको पाँचौँ कृति हो। अब आउने जासुसी उपन्यास ‘एक्लो माकुरो’ भने बोकोहराम, मुम्बई अन्डरवर्ल्ड, डन दाउद इब्राहिम, काठमाडौको ठमेल – लैनचौर र भारत-नेपालको खुल्ला सीमाको परिवेशमा आधारित छ, जसले पाठकलाई रहस्य र रोमाञ्चको यात्रामा डोर्याउनेछ।
अर्डरका लागि सम्पर्क
इमेल : authorlilaraj@gmail.com
पुस्तक : अन्तिम प्रहर
लेखक : लिलाराज खतिवडा
पृष्ठ : ३६३
मूल्य : रु १०००/-
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय